रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदका लागि दर्ता गराए उम्मेदवारी

काठमाडौ -रास्वपा उपसभापति डीपी अर्यालले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले शुक्रबार सिंहदरबार पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्। अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्साल छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन् । अर्यालको सभामुखमा निर्वाचित हुने स्थिति लगभग निश्चित छ।

सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ।