नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले दलितमाथिको अमानवीय व्यवहार अन्त्यका लागि संरचनागत परिवर्तन आवश्यक रहेको बताएका छन्।
दलितहरुलाई क्षतिपूर्ति हुने गरी विशेषाधिकारको प्याकेजसहित संसद्ले दलित अधिकार दशक घोषणा गर्नुपर्नेमा सांसद विश्वकर्माले जोड दिए।
‘विभेदबाट विक्षिप्त नेपालका दलितहरुको राजनीतिक, आर्थिक र सामाजिक जीवनको क्षतिपूर्ति हुने गरी विशेषअधिकारको प्याकेजसहित यस सम्मानित संसद मार्फत् आगामी दशकलाई दलित अधिकार दशक घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।
क्षमायाचनाको राजनीतिले मात्र नहुने उल्लेख गर्दै मंगलबारको संसद बैठकमा विश्वकर्माले संरचनागत परिवर्तनलाई जोड दिएका हुन्। ‘दलितमाथिको अमानवीय व्यवहार संरचनागत परिवर्तनको अनिवार्य विषय भएको हुनाले भावनामा आएर कुनै क्षमायाचनाको राजनीतिले मात्र यसको अन्त्य हुने होइन,’ उनले भने।


















