इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स आजै पाकिस्तान जाने

अमेरिकी मिडियाले उपराष्ट्रपति जे.डी. भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने रिपोर्ट गरेको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोसले तीन अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै जे.डी. भान्स मंगलबार बिहानसम्ममा अमेरिका प्रस्थान गर्ने बताएको हो ।

स्रोतहरूले सीएनएनलाई बताएअनुसार अमेरिकी र इरानी प्रतिनिधिहरूबीचको दोस्रो चरणको वार्ता बुधबार इस्लामाबादमा हुने तय भएको छ।

इरानले यी वार्ताहरूमा आफ्नो सहभागिता स्पष्ट नगरे पनि ह्वाइट हाउसले हालै राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश एक्समा साझा गरेको छ ।

सन्देशमा भनिएको छ, ‘यदि ट्रम्प प्रशासनको समयमा सम्झौता भयो भने यसले इजरायल र मध्य पूर्वमा मात्र नभई युरोप, संयुक्त राज्य अमेरिका र सबै ठाउँमा शान्ति, सुरक्षा र सुरक्षित वातावरणको ग्यारेन्टी गर्नेछ।’