कलेजमा प्रहरी नभइ प्राध्यापकको आवश्यकता रहेको भन्दै प्रदर्शन

काठमाडौं । सरकारले शैक्षिक संस्थाहरुलाई राजनीतिबाट मुक्त गर्ने भन्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहँदा त्यसको विरोध सुरु भएको छ।

विश्वविद्यालय र कलेजमा प्रहरी परिचालन गरेर विद्यार्थी संगठन हटाउने सरकारले तयारी गरेकोमा विरोध भएको हो। आज नेपाल ल क्याम्पसका विद्यार्थीहरुले कलेजमा प्रहरी नभइ प्राध्यापकको आवश्यकता रहेको भन्दै प्रदर्शन गरेका हुन्।

ल क्याम्पसको स्ववियू र संयुक्त विद्यार्थी संगठनको आयोजनामा मार्चपास गर्दै सरकारी कदमको विरोधमा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको हो।