बलिउड अभिनेत्री दीपिका पादुकोण हाल आफ्नो दोस्रो गर्भावास्थामा छिन्। यद्यपि उनी काममा सक्रिय देखिएकी छन्। उनले हालै निर्देशक पुनीत मल्होत्रासँग नयाँ चलचित्रको छायांकन पूरा गरेकी हुन्।
पुनीत मल्होत्राले सामाजिक सञ्जालमार्फत दीपिकासँगको तस्बिर सार्वजनिक गर्दै उनको व्यावसायिकता, विनम्रता र सकारात्मक स्वभावको प्रशंसा गरेका छन्। उनले दीपिकासँग काम गर्न पाउँदा आभारी रहेको समेत उल्लेख गरेका छन्।
यससँगै दीपिका अहिले राका फिल्मको शूटिङमा पनि व्यस्त छिन्। उक्त फिल्म एटलीको निर्देशनमा निर्माण भइरहेको छ, जसमा अल्लू अर्जुन मुख्य भूमिकामा रहनेछन्।


















