केपि कुमार जलन
नेपाली लोक तथा सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘पोर्खरेली कान्छी’ चाँडै सार्वजनिक हुने भएको छ। गायक मौसम गुरुङ र मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखरेली संस्कृति, प्रेम र मौलिकताको सुन्दर चित्रण गर्ने अपेक्षा गरिएको छ।
गीतमा रमेश बीजीको शब्द तथा मौसम गुरुङकै संगीत रहेको छ। एचबिएन किस्मतले संगीत संयोजन गरेका छन् भने रेकर्डिङ तथा मिक्सिङ राज खड्काले गरेका हुन्।
म्युजिक भिडियोमा चहाना राना मगर र चोङ गुरुङको आकर्षक अभिनय देख्न सकिनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। बुद्ध थापाको छायांकन, नविन घर्ती मगरको सम्पादन र एड्भेन्चर इन्टरटेन्मेन्टको पोस्ट–प्रोडक्सन रहेको छ।
सञ्चिता शाहीको प्रस्तुतिमा तयार भएको यो गीत एसएस म्युजिक प्रोडक्सनमार्फत सार्वजनिक हुने तयारीमा रहेको छ। सार्वजनिक हुनुअघि नै पोस्टरले दर्शक तथा संगीतप्रेमीमाझ उत्सुकता बढाएको छ।


















