‘ सुशिला गाेैतम र जगत गाैडेलकाे शितल त जुनकै हो गीत सार्वजनिक, दर्शकमाझ सकारात्मक चर्चा

केपि कुमार जलन | बागलुङ

नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘शितल त जुनकै हो..’ बोलको गीत सार्वजनिक भएको छ। पुष्कल भट्टराईको प्रस्तुति रहेको यस गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा जगत गौडेल र सुशिला गौतम को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत पनि जगत गौडेलकै रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारी ले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ खड्का बजुराली ले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा शक्ति कुमार गोदार र सरस्वती खत्री को आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको कथा, कोरियोग्राफी तथा निर्देशन प्रविण थापा ले गरेका छन्। सरोज ठाकुरी को छायांकन रहेको भिडियोको सम्पादन तथा रंग संयोजन हिमालयन ग्यालरीले गरेको छ।

मधुर शब्द, आकर्षक संगीत र उत्कृष्ट दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। प्रेम र भावनाले भरिएको यस गीतले नेपाली संगीतप्रेमीहरूको मन जित्ने विश्वास निर्माण गरेको छ।
गीत ‘शितल त जुनकै हो..’ हाल विभिन्न डिजिटल संगीत प्लेटफर्म तथा युट्युबमा हेर्न तथा सुन्न सकिनेछ।