शिव हमाल र निशा के.सी.को भक्तिमय प्रस्तुति ‘हे प्रभु’ सार्वजनिक हुँदै

केपि कुमार जलन

नेपाली भक्ति संगीत क्षेत्रमा नयाँ आध्यात्मिक कोसेलीका रूपमा ‘हे प्रभु : भगवानको महिमा–२’ गीत तथा म्युजिक भिडियो यस बिहीबार सार्वजनिक हुने भएको छ। गायिका निशा के.सी. को प्रस्तुति रहेको यस भजनमा निशा के.सी., शिव हमाल र सुशीला गौतम को सुमधुर स्वर सुन्न सकिन्छ।

गीतमा शिव हमाल को शब्द तथा निशा के.सी. को संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियार ले गरेका छन्। श्रद्धा, भक्ति र समर्पणको भावलाई केन्द्रमा राखेर तयार गरिएको यस भजनले भगवानप्रतिको आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गर्नुभएको हो। आकर्षक दृश्यांकन र आध्यात्मिक वातावरणले सजिएको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने निर्माण पक्षको विश्वास रहेको छ।

सार्वजनिक हुनुअघि नै पोस्टरमार्फत चर्चा बटुलिरहेको ‘हे प्रभु : भगवानको महिमा–२’ यस बिहीबार निशा के.सी. युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाइएको छ।