केपि कुमार जलन
काठमाडौं । लोक तथा दोहोरी गायिका बिन्दु परियारको नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक भएको छ।
गीतमा कुशल बेलवासे र बिन्दु परियारको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत बिन्दु परियार स्वयंले सिर्जना गर्नुभएको हो। गीतको एरेन्ज विश्वास नेपालले गर्नुभएको छ भने रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो।
मौलिक नेपाली पञ्चेबाजाको लय र सांस्कृतिक स्वादलाई समेटिएको यस गीतले सार्वजनिक भएलगत्तै श्रोता–दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। बिन्दु परियारले गीतलाई माया, साथ र समर्थन गरिदिन सम्पूर्ण दर्शक–श्रोताप्रति अनुरोध गर्दै निरन्तर साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।


















