डडेल्धुरा । डडेल्धुरामा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सिगास गाउँपालिका–३ घर भएका तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित ऋषिखोला सामुदायिक वनमा मृत फेला परेका हुन् ।
चितवन दरबन्दी भएका बोहरा केही समयदेखि डडेल्धुरामा कार्यरत थिए । प्रहरीका अनुसार उनी वन क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।


















