काठमाडौँ । ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसी पूर्णशान्ति पुरस्कारबाट पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जीसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।
विभिन्न जटिल घटनाको अनुसन्धान तथा भन्सार सुरक्षाका क्रममा उदाहरणीय राजस्व सङ्कलनमा योगदान पुर्याएको कदरस्वरूप जीसीलाई पूर्णशान्ति पुरस्कार प्रदान गरिएको हो।
प्रहरी सेवामा व्यावसायिक दक्षता प्रदर्शन गर्दै अनुसन्धान र राजस्व सङ्कलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरिएको जनाइएको छ।


















