केपि कुमार जलन/
बागलुङ। कला, संगीत र खेलकुदलाई आफ्नो प्रतिभाको माध्यम बनाउँदै अघि बढिरहेकी अस्मिता रनपाल पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा पनि चर्चामा आएकी छन्। गायिका, मोडल तथा फुटबल खेलाडीका रूपमा आफ्नो छुट्टै पहिचान बनाउने यात्रामा रहेकी रनपाल स्याङ्जाकी हुन्।
एकै क्षेत्रमा सीमित नरही फरक–फरक विधामा रुचि र क्षमता देखाउँदै आएकी रनपालको अभिनय रहेको नयाँ गीत ‘साली ज्यू’ हालै सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै उनको सांगीतिक तथा अभिनय यात्राले थप चर्चा पाउन थालेको छ।
अस्मिता रनपाल र रमेश सुनारको स्वर रहेको गीतमा रमेश सुनारकै शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा अस्मिता रनपालसँगै विजय पुनले अभिनय गरेका छन्। मनोरञ्जनात्मक शैलीमा तयार पारिएको गीतमा मौलिक नेपाली परिवेश, रमाइलो प्रस्तुति र कलाकारहरूको अभिनय देख्न सकिन्छ।
गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् भने राजु सुनामले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत अस्मिता रनपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोको निर्देशन मुकेश नेपालीले गरेका छन्।
विशेषगरी गायन र मोडलिङसँगै फुटबल खेलमा समेत रुचि र सक्रियता राख्ने रनपालको व्यक्तित्व बहुआयामिक देखिन्छ। खेलकुदको अनुशासन र कलाक्षेत्रको सिर्जनशीलतालाई सँगसँगै अघि बढाउने उनको प्रयास आफैँमा फरक पहिचान हो।
नेपाली कला तथा सांगीतिक क्षेत्रमा नयाँ प्रतिभाहरूको आगमन भइरहेका बेला अस्मिता रनपालको बहुप्रतिभाशाली यात्राले पनि दर्शक तथा स्रोतामाझ आकर्षण थप्ने अपेक्षा गरिएको छ। ‘साली ज्यू’मार्फत उनले आफ्नो गायन र अभिनय क्षमतालाई एकसाथ दर्शकसामु प्रस्तुत गरेकी छन



















