प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता, एमसीसी बारे छलफल हुने

फागुन ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग भेटवार्तालाई बढाएका छन्।

मंगलबार राति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।

यता माओवादि केन्द्रले भने एमसीसीको विपक्षमा भोट दिने भए संगै एमसीसी बारेको विवाद थप रोचक बन्दै गएको छ ।