एमसिसीबारे प्रचण्ड र गृहमन्त्री खाणबीच ‘वान टु वान’वार्ता,

फागुन ११ः प्रचण्ड र गृहमन्त्री खाणबीच एमसिसीबारे ‘वान टु वान’वार्ता, भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको हो गृहमन्त्री खाणको सचिवालयका अनुसार मन्त्री खाणले प्रचण्डनिवास खुमलटार पुगेर भेट गरेका हुन्।

गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले प्रचण्ड र गृहमन्त्री खाणबीच खुमलटारमा भेटवार्ता भएको र भेटमा एमसीसीको विषयमा कुराकानी भएको जानकारी दिए।

भेटमा एमसिसी पारित गर्ने विषय संगै बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसी पास गर्ने लगाायतका विषयमा छलफल भएको बताइएको छ।

सचिवालयका अनुसार प्रचण्ड र गृहमन्त्री खाणबीच करिब १० मिनेट ‘वान टु वान’वार्ता भएको थियो।