उतिबेला एमसीसी मागेका झलनाथलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन्: के.पी ओली

फागुन १३ः  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले नै सडकमा कार्यकर्ताहरुलाई पठाएर ढुंगा हान्न र सडक भत्काउन लगाएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । यस्तै, अध्यक्ष ओलीले आफ्नो गाडीमाथि ढुंगा प्रहार गरिएको क्षण स्मरण गर्दै एमसीसी ल्याउनेलाई भन्दा एमसीसीमा चासै नराख्नेलाई ढुंगा हानेको बताए।

केहीदिनअघि भएको एमसीसीविरुद्धको प्रदर्शनका क्रममा ओलीलाई लक्षित गर्दै उनको गाडीमा ढुंगा प्रहार भएको थियो। यद्यपि उक्त प्रहारबाट कुनै क्षति भने भएको थिएन।

एमसिसबारे प्रष्ट धारणा बनाई नसकेका नेकपा एमालेका पार्टीका अध्यक्ष के.पी शर्माले आफु जनस्तरबाट असुरक्षित रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले एमसीसी ल्याइपाउँ भन्दै निवेदन दिने झलनाथलाई ताली बजाएको र आफुलाई ढुंगाहानेको भन्दै गुनासो पोखेका हुन।