प्रेस चौतारी वाग्मती प्रदेश अध्यक्षमा सापकोटा चयन

फागुन २२: नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको वाग्मती प्रदेश अध्यक्षमा दोलखाका शरद सापकोटा चयन भएको छन् ।

शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा राधेश्याम खतिवडा (चितवन) र रमा दाहाल (काभ्रे), महासचिवमा प्रकाश दाहाल (मकवानपुर), कोषाध्यक्ष प्रज्वल पौडेल (रामेछाप), सचिवमा बासु श्रेष्ठ (धादिङ) र विदुर पौडेल (सिन्धुली) चयन भएका छन् ।

प्रेस चौतारीले शनिबार नै वाग्मतीसँगै मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ ।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।