राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री देउवाले बुझाए वार्षिक प्रतिवेदन

फागुन २२ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७र७८ को सो प्रतिवेदन पेश गरेका हुन् ।

उनले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७ र ७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा ९३० बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।