सप्तरी कांग्रेस निर्वाचनको सम्पूर्ण तयारी पुरा

फागुन २३: भोली (मंगलबार) हुने निर्वाचनको लागि मतदानस्थलका सम्पुर्ण तयारी पुरा भएको छ ।

भोली हुने कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरी कांग्रेसको जिल्ला अधिवेशनको लागि मतदान स्थलमा पुर्वाधार लगायतका सम्पुर्ण तयारी पुरा भएको हो ।

मतदाता र मतदान प्रक्रियालाई सभ्य सरल र सहज बनाउनको लागि महिला र पुरुषको छुट्टा–छुट्टै लाईनको व्यावस्था मिलाइएको छ भने खानेपानी र शौचालयको समेत व्यवस्था गरीएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन सामाग्रीहरु मतदान स्थलमा सुरक्षाकर्मीको घेरामा राखिएको छ । भोली हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले आजै बाट सुरक्षा दिईरहेका छन् ।

२५ सय ३७ जना मतदाता रहेको सप्तरी कांग्रेसको नेतृत्वका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको ९क० र ९ख० गरी ८ वटै मतदान केन्द्रमा भोली विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा। रुद्र शर्माले जानकारी दिए ।