फागुन २४: नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव बिजयी भएका छन् ।

मंगलबार सम्पन्न मतगणनामा यादवका प्रतिद्वन्दी रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । बिजयी यादवले एक हजार ४२६ मत ल्याए ।
निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी संस्थापनइतर पक्षका हुन् सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।









