उच्च अदालतको आदेश: भोलि हुने भनिएको भन्सार एजेन्टको परीक्षा स्थगित

फागुन २७ः भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार तय भएको परीक्षा चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिकरसमावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल हुने भएको छ । आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा अदालतले आदेश दिएको छ ।