जसपाद्धारा तीन सदस्यीय हेडक्वार्टर गठन

चैत्र १ः जनता समाजवादी पार्टी (जसपा) नेपालले शीर्ष तीनजना नेतालाई समेटेर पार्टी ‘हेडक्वार्टर’ गठन गर्ने निर्णय गरेको छ ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सदस्य रहने गरी ‘हेडक्वार्टर’ गठन गरिएको हो ।

सोमवार बसेको केन्द्रीय समिति बैठकले कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल निर्णय लिनुपर्ने अवस्था भएमा हेडक्वार्टरले निर्णय गर्नसक्ने छ ।

बैठकले निर्वाचन निर्देशिका समेत पारित गरेको छ । यसैगरी सांसद प्रदीप यादवलाई गरेको कारबाही फिर्ता लिने निर्णय समेत बैठकले गरेको छ ।

गाउँ गाउँ जाउँ,भ्रष्टाचार मुक्त स्थानीय सरकार निर्माण गरौं भन्ने नारा सहित स्थानीय निर्वाचनमा भाग लिने र पार्टीलाई अझै एक ढिक्का बनाएर जाने जसपाले प्रतिवद्बता सहित दुई दिने केन्द्रीय समितिको बैठक  हिजो सम्पन्न भएको छ ।