आगामी चुनावमा कलमले कमाल गर्ने पक्कापक्की रहेको माधव नेपालको दावी

चैत्र ३ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।

बिहीबार होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए।

एकीकृत समाजवादीको चुनाव चिह्न कलम भएको दावी गर्दै कलम चुनाव चिह्नले कमाल गर्ने नेपालको भनाइ छ। राष्ट्रियसभाको चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि त्यही परिणाम देखिने दाबी गरे ।