चैत्र १३ः पछिल्लो समय बलात्कारको घटना दिनप्रतिदिन बढि रहेको छ ।
१८ महिने बालिका बलात्कार पछि भएको मृत्युको खबर सेलाउन नपाउदै फरि अर्को बलात्कारको घटना घटेको छ भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।
भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको बताए ।
१५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।
उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।


















