८ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो त ?

चैत्र १८ साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।