पाँच वर्ष समग्र जनताको सेवा गरे अब शिक्षा क्षेत्रमा काम गर्छु :अध्यक्ष घर्ती

चैत २३ : तमानखोला गा.पा ३ तमानका वडा अध्यक्ष गिर बहादुर घर्तीले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा आफु दाबेदारी नरहने बताएका छन । आफ्नो पाच वर्षको कार्यकालको अन्तिम चरणमा रहेको घर्तीले आगामी ३० गते हुने स्थानीय चुनावमा आफु दाबेदार नरहि प्रस्तावित दाबेदारलाई सहयोग गरेर जाने बताएका हुन ।

सन्दर्भटूडे संग कुरा गर्दै घतीले आफुले पाच वर्ष जनताको सेवामा काम गर्न पाएकोमा आफु आभारि रहेको बताउदै समाज बिकास र परिवर्तनको निमिक्त नयाँ प्रतिनिधि आउन आबश्यकता रहेको स्वयमले महसुस गरेर नयाँ नेतृत्वको निमिक्त आफु ब्याक भएको बताएका हुन ।

किन तपाई स्वयम्लाई आफु कमजोरि भए भन्ने लागेको हो ? भन्ने हाम्रो प्रश्नमा घर्ती भन्छन त्यसो होईन यदि त्यसो सोच्थे भने मेरो पक्षमा अझै जनलहर बाकी छ , नेतृत्वमा तपाई दोहोरिनु पर्छ भन्दै फोन गर्ने र भेट्न आउनेहरुको उपस्थिति बाक्लै छ यसरि जनताले चाहादा चाहादै पनि म स्वयम किन दाबेदार रहिन भने मलाई मेरो वडाको चिन्ता छ  मेरो वडामा म भन्दा अझै सक्षम ब्यक्तिहरु आउनुपर्छ भन्नेमा बिश्वास गर्छु यसर्थ आगामी दिनमा तीन नं.वडामा सेवा दिन आउने प्रतिनिधि सक्षम छन भन्ने कुरा यहीँ बाट पनि पुष्ठि हुन्छ दोस्रो कुरा मेरो केही ब्यक्तिगत कारणहरु छन जसका कारण मैले सधै समय दिन सकिरहेने अवस्थामा छैन ।

यहाँको बितेको पाचँ वर्षलाई कसरि सम्झनुहुन्छ ? भन्ने प्रश्नमा घर्ती भन्छन वास्तवमा म अधुरो रहे भन्ने महसुस गरिहरेको छु, मैले सोचे र चाहे अनुरुपले काम गर्न नपाएकै हो यसको प्रमुख कारण सिमित बजेट र सिमित श्रोत साधन नै हो । पहिलो र दोस्रो वर्षमा कामको परिणाम निकै राम्रो थियो । सोचे अनुरुप काम पनि हुदै गएको थियो गाँउले बिस्तारै मुहार फेर्दै थियो तर पछिल्लो दुई वर्षमा कोभिडले नराम्रो संग लडायो, महामारि बढे संगै देशमा आर्थिक संकट पर्यो त्यसको प्रभाव बजेटमा पर्न गयो फलस्वरुप बजेटको आकार साघुरिदै गयो जस्ले गर्दा मैले सिमित श्रोत साधनमा काम गर्नुपर्ने वातावरण बन्यो जस्को रिजल्ट हामीले अपेक्षा गरे अरुसार आउन सकेन ।

अभावमै अभावको बिचमा पनि हामीले केहि उदाहरणीय काम गरेकै हो, मेलै पहिलो प्राथमिकतामा शिक्षालाई राखेर काम गरे मलाई लाग्छ जब सम्म हामीले शिक्षामा गुनात्मक परिवर्तन गदैनौ तबसम्म केही नयाँ हुनेवाला छैन, आम मान्छेको चेतना स्तर परिवर्तन गर्नको निमिक्त पहिलो अत्यावश्यक कुराम शिक्षा हो , शिक्षामा सुधार गर्न निति संगै भौतिक संरचना पनि राम्रो हुन आबश्यक छ यहीँ कुरा मध्येनजर गर्दै हामीले श्री धन गौ ज्योति माध्यमिक बिद्यालयको भवन आधुनिक ढंगले निर्माण गरेका छौ हाल उक्त भवनमा माध्यमिक तहको मात्रै पढाई भएतापनि निकट भबिष्यमा हाम्रो लक्ष्य यहाँ दश जोड दुई (+२) संञ्चान गर्ने हो यसले पहिलो कुरा उच्च शिक्षा पढ्न गाउँ छोडेर टाढा टाढा जानुपर्ने हाम्रो भाईबहिनीको बाध्यात्मक समस्या समधान गर्छ दोस्रो कुरा आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न बाट बन्चित भएकाहरुका निमिक्त सहयोग गर्छ ।

यो संग संगै हामीले हिले प्रावि र किरी प्राविमा आधुनिक सुविधा सम्पन्न शौचालय सहित बिद्यालयको स्तर सुधार गरेका छौ, घण्टौको पैदल हिड्नुपर्ने समस्यालाई मध्यनजर गर्दै बस्तिमा मोटरबाटो पुर्याएका छौ । खाने पानी पूल लगायतका भौतिक संरचना निर्माण गरेका छौ । ३ नं.वडा बासिन्दालाई उत्पादन संग जोड्न कृषि क्षेत्रमा मोटो रकम लगानि गरेका छौ तर आवश्यक ज्ञान र वातावरणको अध्यन गर्न नसक्नाले हामीले सोचे जस्तो उपलब्धि गर्न भने सकेनौ यथपी बिकास भने हामीले चौतर्फी रुपमा गरेकै हो भन्ने म सम्झन्छु ।

शिक्षामा मोटो रकम लगानी गरेता पनि त्यहाँका स्थानीय बासिन्दामाको चेतनामा परिवर्तन देखिदैन नि यसलाई कसरि लिनु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष घर्ती भन्छन् हो यो यो कमजोरि हाम्रो समाजमा ब्याप्त छ हाल सम्म पनि यो तुलानात्मक रुपमा समेत परिवर्तन नहुनुको मुख्य कारण पुरानो मानसिकताको हावि र नबदल्एिको जीवनशैली हो । दलित र गैर दलित दुबैमा पुरानो सोचले नमज्जाले गाजेको छ , पुराना सोच बाकी रहेका दलित समुदाय विभेद भैहाले पनि बोल्ने आट गर्दैनन् अनी त्यही दमन गर्न सिकेका गैर दलितको दिमागमा पनि बिभेद गर्नु कानुनी रुवमा समेत दन्दनीय हो भन्ने चेतना निर्माण भएको छैन जस्को कारण समाजमा भएको बिकृति अझै बाकी छ अर्कोे संस्कारको कुरामा हामीले समाज र समुदायको पहिचान बोकेको कुरा संरक्षण गर्दै आएका छौ जस्तै मगर बाजा हेर्न सकिन्छ, बिभिन्न चार्डपर्व ।

स्मरण गर्नुस न पाच वर्षको अवधिमा अलि बढि जेल्नुपरेको सामाजीक मुद्दाहरु के रहे भन्ने प्रश्नमा थतिक आवाजमा अध्यक्ष घर्ती भन्छन अधिकांश घटना भनेकै पारिवारि कलह र कुटपीटको यसको कारण हाम्रो वडामा दलित समुदायका मानिसहरु अलि बढि मध्यपान गर्नुहुन्छ त्यसले पारिवारिक कलह र अशान्ति मच्चाएको छ , हामीले यस्ता कुरा परिर्वतन गर्न पटक पटक अथक प्रयास गर्यौ पनि तैपनी सोचे अनुरुप परिवर्तन हुन भने सकेको छैन ।

उमेदवारि रहदैन भनिरहनु भएको छ यहाँको आगामी दिनमा पार्टीमा भुमिका कस्तो हुन्छ र ब्यक्तिगत रुपमा कसरि अगाडि बढ्नुहुन्छ ?
मैले सुरुवाटमै भनेको छु म शिक्षाप्रेमी हु यसकारण ब्यक्तिगत रुपमा पनि म शिक्षा क्षेत्रमै रहेर काम गर्छु मेरै वडा भित्रका बिद्यालयको स्तर बृद्धि गर्दै शिक्षामा गुनात्मक परिवर्तन गर्ने कुरामा मेरो ठुलो भुमिका हुनेछ । अर्को जुन राजनितिक यात्रा कस्तो छ भन्ने प्रश्न छ त्यसमा मैले पद पाउदा मात्रै पार्टीको काम गर्ने नत्र निस्क्रिय हुने भन्ने हुदैन म पार्टीमा क्रियाशील भएर काम गर्छु बरु समस्या त प्रतिनिधि हुदा थियो त्यहाँ जनताभन्दा पार्टी माथी हुन सक्र्दैन त्यो नजता सबै मेरै पार्टीका हुन्छन भन्ने पनि हैन, अब बरु मलाई पार्टीको काम गर्न एमदमै सजिलो छ , अर्को कुरा यहाँलाई थाहा छ कि म राम्रो भलिबल खेलाडि पनि हु यसकारण खेलक्षेत्र संग पनि मेरो प्रेम छ , मैले खेल क्षेत्रको बिकासको निमिक्त पनि काम गर्छु ।

समग्रमा यसरि बुझौकि मैले यो पाच वर्षको कार्यकालमा जनताको समस्या र अभावको बारेका नजिक रहेर बुझ्ने मौका पाए त्यहि समस्या समधानको निमिक्त राजनितिकर्मी साथीहरु संग निरन्तर सहकार्य गर्दै सास्या समधान गर्नमा तत्पर रहने छु काम गर्नलाई पद नै चाहिन्छ भन्ने होईन म एक असल अभिभावक भएर समाज बिकासमा सघाउ पुर्याउन चाहान्छु।