बैशाख १ : यहीँ महिना ३० गते हुने स्थानीय चुनावको निमिक्त पश्चिम बागलुङको तमानखोला गा.पा. ३ तमानमा वडा अध्यक्ष पदको निमिक्त नेपाली कांग्रेस वडा समितिले झक बहादु बुढालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
गोबिन्द बुढा, दिपक बुढा, बिजय बुढा र स्वयम् झक बुढाको उमेदवारि दिने चर्चा चुलिदै गईरहेको समयमा वडा समितिले भने सर्वसम्मत रुपमा झक बुडालाई वडा अध्यक्षको दाबेदारको निमिक्त चयन गरेको हो । लामो समय देखि नेपाली राजनितिमा क्रियाशील बुढा पछिल्लो केहि समय यता धन गौ ज्योति माध्यमिक बिद्यालयमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा काम गर्दै आएका थिए ।
सन्दर्भटूडे संग कुरा गर्दै बुढाले आफु वडाको निमिक्त सिफारिस भएकोमा खुशी भन्दा ज्यादा चिन्तित भएको बताएका छन । साविक तमान गाविसको पनि विशेषगरि तमान, किरी, अर्जेल लगायतको गाउँमा सामाजिम काममा समेत क्रियाशील हुदै आएका बुढाले जिम्मेवारी पाउनु भन्दा त्यसलाई पुरा गरेर देखाउने विषय चुनौतीपूर्ण रहेको भन्दै हाल आफुले ५ वर्ष पछि सम्म आईपर्ने सम्भावित समस्याप्रति आफु चिन्तीत रहेको बताएका छन ।
आफु निर्वाचित भएको दिन देखि आफु नेपाली कांग्रेसको कार्यकर्ता मात्र नभएर समग्र वडा बासि जनताको सेवक हुने बताउदै आफुले पहिलो प्राथमिकतामा दलित र गैर दलित बिचको दुरि घटाउने, गरिब र धनी बिचको खाडल घटाउन सहयोग गर्ने महिला र पुरुष विचमा भएको बिभेद विरुद्ध योजना निर्माण गर्दै काम गर्ने, मजदुर बिधार्थी र यूवाको पक्षमा दिर्घकालीा समस्यम समधान हुने गरि खाका निर्माण गर्ने लगायतको काम गर्ने बताएका छन । बुढाले जनताको समस्याको चाङ्ग बाक्लो रहेको तर आफु कत्तिपनि बिचल्ल्ति नभएर जनताको सेवा गर्न तत्पर रहेको बताएका छन । राजनिति पेशा नभएर सेवा भएको भन्दै आफ्नो कार्यकालमा सोही कुरा पुष्ठि गरेर देखाउने उनको भनाई छ ।
तपाईको कार्यकालमा पुर्खेउली रानजितिमा भन्दा नयाँ स्वाद के हुन सक्छ ? भन्ने हाम्रो प्रश्नमा झक बुढा भन्छन बिगतमा दोहोरिएको भन्दा नितान्त भिन्न स्वाद रहने छ पहिलो कुरा त म अहिले जनताको घर घर पुगेर आसश्वासन बाड्ने र जनताको दुखेसो गरि खाने समय खोज्न जादिन र चाहान्न पनि सामान्य भेटघाट बाहेक मलाई धेरै समय लिनु छैन किनकि मलाई सही उमेद्धवार हु भन्ने कुरा काम गरेर प्रमाणित गर्नु छ अर्को कुरा म निर्वाचित भएको पछिल्लो दिन भने म जनताको घर घर जान्छु त्यो जनतालाई धन्यवाद ज्ञापन गर्न हैन उहाँहरुको समस्या र जिज्ञासा सुन्नलाई , तेस्रो कुरा मैले मेरो कार्यकालमा सकेसम्म खादा माला प्रयोग गर्न वा हुन दिने छैन,
मञ्चमा लाईनका लाईन नेता कार्यकता राखेर हामीलाई सेवा गर्न पठाउने जनता भने तल वा भूईमा बसेर हामीलाई नै हेरिदिनुपर्ने परिपाटी भट्काउने छु र सकेसम्म जेष्ठ नागरिक र सक्षम ब्यक्तिको उचित सम्मान हुने वातावरण निर्माण गर्नेछु , म संगै हुने बाकी चार सदस्य म भन्दा कत्तिपनि फरक हुने छैनन् म सबै अट्ने सबैको कुरा बराबर सुनिने ब्यवस्था स्थापित गर्न लागीपर्ने छु समग्रमा बिगतमा जुन परिपाटी देखिए त्यो हर्कत मेरो कार्यकालमा दोहोरिन म कडापी दिने छैन ।
म विर्वाचित भएको दिन आर्शिवाद लिएर जनताको सेवामा आउने छु पाचँ वर्ष सेवा गरेको अन्तिम दिन समाजको जेष्ठ नागरिक बाट एक माला सम्मानको फूल लिएर जाने छु यदि यो बिचमा मैले कुनै दिन कुनै पल एक पटक पनि नराम्रो काम गरेछु भने जनताले फूलको ठाँउमा जुत्ताको माला पहिराए पनि म भोग्न तयार छु ।
चप्पल पड्काएर सेवामा आएको म मकै र पिठो खाएर जनताको सेवा गर्ने हो , म संग पुजी छैन, जनतालाई मैले काम गर्ने बिश्वास र आशा बाड्ने हो यो कुरा मैले जनता संग पटकपटक भन्दै आएको छु जो नेताले पैसा बाड्छ उसले भष्ट्रचार गर्छ गर्छ तर मलाई न पैसा नै बाड्नु छ नत्र भष्ट्रचार नै बास मलाई मेरो वडाको समग्र बिकास गर्नुछ । मेरो कार्यकाल सकिएको दिन म संग पछुतोको थुप्रो हैन जनताको मुहारमा झल्किने खुशी र स्यावासिको थुप्रो होस ।


















