भीम रावलको आक्रोस : के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

बैशाख १ : नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने एमालेको सहमतिमा आपत्ति जनाएका छन् ।

रावलले आपत्ति जनाउँदै सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै रावलले लेखेका छन्

विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे १ के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? ’ ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र रु दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ’