बैशाख २ः स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानगर पालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
कांग्रेस ललितपुर महानगर कार्यसमितिको बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।


















