देशभर आजबाट नयाँ भर्ना अभियान सुरु गर्न शिक्षा मन्त्रालयको निर्देशन

बैशाख २ः सरकारले आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ ।

आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २ जेठबाट नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको छ ।

आजबाट सुरु भएको भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ।

विगतका केही वर्षमा कोभिडले शिक्षा क्षेत्रमा नराम्रो प्रभाव पारेको स्मरण गर्दै निर्देशन बमोजीम भर्ना कार्य सम्पन्न गर्न सबै स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो ।