लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर बढेपछि एक हप्ता देखि सरसफाई आज समापन

बैसाख ७ः लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म निरन्तर सरसफाइ सञ्चालन गरिएको छ ।

निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको हो ।

२७ औं वन्यजन्तु दिवसको अवसरमा बैशाख १ गतेदेखि ७ गतेसम्म सरसफाई कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभएको छ ।

निकुञ्जका अनुसार बैशाख १ मा धुन्चे गोसाइकुण्ड पदमार्ग, बैशाख २ मा हेलम्बु क्षेत्र, बैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, बैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, बैशाख ५ मा स्याफ्रुबेसी र बैशाख ७ गते धुन्चेमा सरसफाई गरिएको हो ।

निकुञ्जका कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीयको सहभागितामा सरसफाइ गरिएको उहाँले बताउनुभयो । साथै कार्यालयले बन डढेलो सम्बन्धी प्रचार प्रसार, इको क्लबलाई खेलकुद सामग्री वितरण र सवारी चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरेको छ ।

कोभिडको अवस्था सामान्य स्थिीतिमा फर्किए संगै राष्ट्रिय निकुञ्ज क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन, निकुञ्ज क्षेत्रमा फोहोर बढ्दै जादा दुर्गन्धित बढेको कारण तत्काल सरसफाईमा जुटेको निकुन्जका कर्मचारीले जानकरि दिएका छन ।