एन्फा कार्यसमिति बैठक आज बस्दैं, अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छलफल हुने

बैशाख २५ : राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।

त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयमा आज कार्यसमिति बैठक बस्न लागेको हो ।