जेष्ठ ४ः काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।
सबैको प्रिय पात्र बनेका बालेनको अग्रता बढेसंगै चर्चा ह्वात्तै बढेको छ, पुराना राजनितिक दलबाट जनता वाक्क परेको भन्दै देशले बालेन जस्तै यूवा खोजेको आम मान्छेको आकलन छ ।
पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ । हालसम्मको नतिजाले बालेनको जीत लगभग पक्कापक्की जस्तै बनेको छ, देशभरमा सबैभन्दा तातिएको विषय बनेको छ अहिले बालेनको अग्रता बालेनको समर्थनमा दिनहु सयौँको संख्यामा काठमाडौं भ्यालीका विभिन्न ठाँउमा र्याली हुने गरेको छ ।
















