उदयपुरको त्रियुगा नगरपालिकामा आजबाट मतगणना सुरु हुँदै

जेठ १० :उदयपुरको त्रियुगा नगरपालिकामा पुन:  मतदान नहुने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

त्रियुगा-१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुन: मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन: मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा लगायतले पुन:  मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।