दलित भएकै कारण न्याय मिलेन, छोरिको अवस्था पत्ता लगाउन अधिकारकर्मी गुहार्दै परिवार

जेष्ठ १०ः दलित परिवारको सुनुवाई प्रहरीले नगर्दै न्यायका लागि भौतारिरहेका पिडित परिवारले आरोप लगाएका छन ।

जिल्लाको कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजको एउटा दलित परिवारकी युवती बिगत डेढ महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयो तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन ।

घटना बैशाख १ गते राति लगभग १२ बजेतिरको हो बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छोरी २३ बर्षीय अकालमति हरिजन हराएकी छिन ।

आमाबुवाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए । बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने कोसिस गर्यो त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएको युवतीका बुवाले बताए ।

आफू पहुँच नभएको र दलित समुदायको भएकाले नै कसैले वास्ता नगरेको गुनासो युवतीको आमाको भनाइ छ । न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छोरीको अवस्थाबारे जानकारी पाउने अधिकार रहेको र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयो ।