जहाज खोज्न गएको सेनाको टोली नर्सिङ गुम्बामा अवतरण, मौषमको कारण खोजिकार्य ढिलाई

जेष्ठ १५ः तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा नामक स्थानमा अवतरण गरेको छ ।

त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।

महाप्रवन्धक ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ ।

स्थानीय पत्रकार शुशिलबाबु थकालीका अनुसार पाईलटको मोबाईमा फोन लागेको , एयर पत्ता लागेको जस्ता सबै कुरा भ्रम पैदा गर्ने वाला रहेको भन्दै विश्वासि नगर्न अनुरोध गरेका छन ।

मुस्ताङ जिल्लाको थासाङ्ग, लोमाङ्गथान लगायतको स्थानमा दुर्घटना भएको हुन सक्ने भन्दै खोजीकार्य तिब्र पारेको बताएका छन । उनका अनुसार मौषममा आएको खराविको कारण खोजिकार्यमा ढिला भएको जानकारि दिएका छन, बाक्लो हुस्सुको कारण समस्या बल्झिएको भनाई छ ।