जेष्ठ १८ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रबाट स्थानीय चुनावमा जितेका जनप्रतिनिधिलाई प्रशिक्षणको क्रममा नेपाली कांग्रेसलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको वरिष्ठ नेता रामचन्द्र पौडेलले खण्डन गरेका छन ।
देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न परे बेर्होन तयार रहेको भन्दै प्रचण्डको अभिव्यक्ति माथी पौडेलले आपत्ति जनाउदै ट्वीट गरेका छन ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए।
आज अपरान्ह ट्वीट गर्दै पौडेलले भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’











