राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा अमेरिका जादै प्रधानमन्त्री देउवा

जेष्ठ १९ः अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन्।

औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।

परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेपनि प्रधानमन्त्रीको भ्रमण तयारीबारे बालुवाटार स्रोतले पुष्टि गरेको छ । मिती भने फिक्स भइनसकेको स्रोतले बतायो ।

अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हुन ।