जेष्ठ २०ः यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले यातायातको भाडा घटाएको हो । बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाइएको थियो ।
यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/अन्तर-प्रदेश-भाडादर.pdf” title=”अन्तर प्रदेश भाडादर”]











