जेठ २२ : माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न आर्थिक अभाव रहेको भन्दै हरेक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने निर्णय गरेको छ।

आज (आइतबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो।
त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेकोश्रोतको भनाई छ।
‘विद्यार्थी संगठनभित्रको समस्याबारे विस्तृत छलफल भएको र ‘तत्काल दुवै पक्षलाई राखेर एउटा सहमति निकाल्ने र छिट्टै राष्ट्रिय सम्मेलन गर्ने कुरा भएको एक केन्द्रिय सदस्यले बताएका छन।
पार्टीलाई नया ढंगबाट लैजाने र छोटो समयमै माओवादी केन्द्र देशको एक नम्बर पार्टी बनाउने बैठकमा सहभागी नेताले जनाएका छन ।











