जेठ २२ः आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताएका हुन्।
उनले
सुदूरपश्चिममा गरिबीको समस्या कायम रहेको बताउदै सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी रहेको बताएका छन । गरिबी अझै पनि हटेको छैन। सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन्,’ उनले भने,‘ त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन। पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ। महाकाली त्यही छ, पश्चिम सेती त्यही छ। त्यहाँ थुप्रै सम्भावनाहरू छन्।’
विगतमा आफूले भोगेका सास्तीपूर्ण जीवनको स्मरण गर्दै प्रधानमन्त्रीले भावुक हुदै भने ‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ। त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो,’ उनले भने, ‘अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ। यस मानेमा सुदूर पश्चिमले कोल्टे फेरेको मैले सम्झन्छु ।
उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए।











