जेठ २२ : पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
पोखरामा आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ । यसअघि काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो ।
गतवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ कै कारण हुन सकेको थिएन । विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ ।













