जेठ २७ : पृथ्वी राजमार्गअन्तर्गतको आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण सडक आज बिहान भासिएका कारण ठूला सवारीको आवागमनमा रोक लगाइएको हो ।
सडक भासिदा सो ठाउँमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो । सडक भासिएको स्थानमा २ वटा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुई मध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरले भएको प्रहरीले बताएको छ । अर्को शवको भने पहिचान खुलेको छैन । भासिएको सडकको भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एकतर्फी रुपमा साना सवारी साधनमात्रै सञ्चालन गर्न मिल्ने भएकाले भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
तनहुँ प्रहरीका अनुसार सडक विभागले भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने बताएका कारण कम्तीमा ४ दिनका लागि ठूला सवारीको आवागमन रोकेर सडक फराकिलो बनाउन लागिएको हो ।











