एसियन कप छनोट: आज कुवेतसँग भिड्दै नेपाल

जेठ २८ : एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज नेपालले आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।