कांग्रेसको मात्रै सरकार होईन कांग्रेस नेताले मात्रै धेरै दाबी गर्न मिल्दैन: प्रधानमन्त्री

जेठ २९ः आज (आइतबार) कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले ट्रेड युनियनले उठाएका विषय क्रमशःसम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैजना कर्मचारी लगनशील भएर काममा लाग्ने विश्वास व्यक्त गरेका छन्।

आर्थिक समस्याका बाबजुद राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरिएको बताउँदै सबैजना सबैले देश र जनताको निमिक्त बफदारि भएर काम गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रि देउवाले भनेका छन् आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ,’ कर्मचारीहरु काममा थप लगनशील हुनुहुनेछ भन्ने मेरो विश्वास छ। ट्रेड युनियनले उठाएका माग बिस्तारै पूरा गर्दै लगिनेछ।’

कांग्रेसको एकलौटी सरकार नभएकाले विभिन्न विषयमा कांग्रेस नेता र कार्यकर्ताले मात्रै धेरै दाबी गर्न नमिल्ने पनि उनले स्पष्ट पारे। ‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ उनले भने, ‘यो नबुझीकन तपाईंहरूले दाबी गर्ने कुरा छैन।’

प्रधानमन्त्री देउवाले श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन कांग्रेस अझ बढी रचनात्मक ढंगले जाने विश्वास व्यक्त गरे। सामाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने उनको भनाइ थियो।

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने विषय समेटिएको उनले जानकारी दिए।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि त्यो कार्यान्वन नभएको बताए। उनले श्रमिकलाई भोटको मात्र माध्यम बनाउन नहुनेमा जोड दिए।