जबरजस्ती करका दरहरु हेरफेर गरेको आरोपमा भट्टराईले मागे अर्थमन्त्रीको राजीनामा

जेष्ठ ३०ः नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ।

आजको प्रतिनिधिसभा बैठकका विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।

बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीको निर्देशनमा जबरजस्ती भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको उनको आरोप छ।

उनले सेनेटरी प्याड, चाउचाउ, विद्युतीय गाडीलगायमा केही स्वार्थ समूहको लागि भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको बताए। त्यसो गर्नु राष्ट्रघात भएको उनले बताए। त्यस विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने भट्टराईले माग गरे।