एमालेले जनप्रतिनिधिहरुलाई आजदेखि दुई दिने प्रशिक्षण दिदै

असार २ : नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई आजबाट दुई दिने प्रशिक्षण दिने भएको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमाले प्रचारविभागले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा आज प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नेछन्। पार्टी स्कूल विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित पालिकाका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षलाई रहने रिजालले बताए। एमालेले ७५२ स्थानीय तहमध्ये २०५ पालिकामा प्रमुख र २४० उपप्रमुख जितेको छ। एउटा पालिकामा निर्वाचन सम्पन्न हुन बाँकी रहेको छ।

एमालेले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन, नीति र कार्यक्रम कसरी बनाउने, बजेट तथा कानून निर्माण कसरी गर्ने, विकास, सुशासन, जनतासँग सम्बन्धन कसरी स्थापित गर्ने र राष्ट्रिय राजनीतिलगायतका विषयमा प्रशिक्षण दिन लागेको हो।