sandarbhatoday

१० जेठ २०८२, शनिवार (May 24, 2025)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

Sandarbha Today सन्दर्भ टुडे

२०७८ असोज १ शुक्रवार ०४:३९

98 

shares
image
जाजरकोट, १ असोज (रासस) : नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । अहिले अस्पतालमा एमडीसहित १० चिकित्सक कार्यरत रहँदै आएका छन् । दश चिकित्सकको पालो हप्तामा एकपटक आउने गर्दछ । पटक–पटकका विभिन्न रोगबाट ग्रसित सो समस्या हल गर्न ५० शय्याको अस्पताल बनाउनाका साथै सबैको आशा र भरोसाको केन्द्र विन्दुका रूपमा लिन खोजे पनि दैनिक भरोसा गुम्दै गएको छ । भरोसा गुम्दै जाँदा अस्पतालको साख कसरी उठाउने र सबैको पहुँचमा स्वास्थ्यसेवा पु¥याउने भन्नेमा ध्यान जानुको साटो राजनीति गर्ने थलो बन्दा समस्या आएको चिकित्सक भूपेन्द्र मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो ,“आएको बजेटबाट समयमा काम हुँदैन, अधिकांश बजेट फ्रिज भएर जान्छ, सबैले आफ्ना मान्छे भर्ति गर्न खोज्छन्, सुधार गर्न खोज्दा झनै समस्या पार्छन ।” विशेषज्ञ चिकित्सकसहित जिल्लामा सबै खालका उपचारसेवा पाउने मापदण्ड ५० शय्याको अस्पतालको नियम हो । “नियम मात्र भएर के गर्नु, दैनिक बिरामी भएर उपचारका लागि जाने सर्वसाधारण पीडा मात्र पोख्छन्”, भौतिक पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर टकेन्द्र रोकायले भन्नुभयो, “व्यवस्थापन गतिलो नहुँदा उपचारभन्दा सास्ती धेरै भएको छ, छिमेकी जिल्लाको निजीस्तरको चौरजहारी अस्पतालमा गएर उपचार गर्नुपर्छ ।”
स्वास्थ्यसेवा कार्यालय र जिल्ला अस्पताल एकै व्यवस्थापनले काम गर्दा एकले अर्कोलाई नपत्याउँदा टकराब बढेकाले उपचारदेखि अन्य काममा समेत बाधा पुग्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मलीला बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले सुधार गर्नका लागि धेरै काम गरे तर कर्मचारीले नै बढी राजनीति गर्न खोज्दा सधैँ बाधा उत्पन्न भइरह्यो, चिकित्सकले स्वास्थ्यसेवा कार्यालयलाई नटेर्ने, स्वास्थ्यसेवा कार्यालयले अस्पताललाई हातमा लिएर काम गर्न नसक्ने भएकाले समस्या हुँदै गएको छ ।” कुनै काम गरेकी पैसा कहाँबाट आउँछ भन्ने चेतनाबाट अगाडि बढ्दा स्वास्थ्यसेवा कार्यालयको प्रगति हुन नसकेको उहाँले बताउनुभयो । “विकृति र विसङ्गतिको कुरा उठाएर सुधार गर्न खोज्दा फरक आस्था भएकै कारण असहयोग गरे भन्दै कर्मचारी नै उफिन्छन् यहाँ काम गर्न सजिलो छैन”, उहाँले भन्नुभयो । अहिले ५० शय्याको नयाँ भवन निर्माण जारी छ । दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गर्नका लागि भवनको काम जारी छ । ब्लड बैंकका लागि आएको सामग्री प्रयोगमा नआउँदा बन्द कोठाभित्र थक्याइएको छ । एचडी सेवा सञ्चालनका लागि ल्याइएका अधिकांश सामग्री बन्द कोठामा राखिएका छन् । बिरामी भर्ना गर्ने तर उपचारका लागि बाहिर जिल्लामा सिफारिस मात्र गर्ने थलो भएको स्वास्थ्यसेवा कार्यालयलाई आरोप लाग्दै आएको छ ।
हप्ता दिनअघि मात्र ३० लाख आइरन चक्की कानूनी प्रक्रिया पूरानै नगरी स्वास्थ्यसेवा कार्यालयले रातारात जलाएको थियो । अघिल्लो दुई महिनाअघि सो आइरन चक्की पालिकाले माग गर्दा उपलब्ध नगराएको स्वास्थ्यसेवा कार्यालयले हप्ता दिनअघि रातारात आइरनचक्की म्याद गुजारेर जलाउँदा स्थानीय तहका स्वास्थ्य शाखा आक्रोषित भएका छन् । त्यस्तै प्रसूतिगृहका लागि गत चैतमा आएको सामग्री अहिलेसम्म स्थानीय तहमा नपु¥याउदा काम गर्न गाह्रो भएको भन्दै स्वास्थ्यसेवा कार्यालयको काम गर्ने कार्यशैली प्रति तीव्र विरोध हुँदै आएको छ । भेरी नगरपालिकाका स्वास्थ्यशाखाका जनस्वास्थ्य निरीक्षक दीपक ओलीले भन्नुभयो, “बर्थिङ सेन्टरमा चाहिने सामग्री उपलब्ध गराउन धेरै पटक माग गरे पनि बन्द कोठामा चैतदेखि स्टोर गरी राखिएको छ, हामीलाई दिइदैन ।” स्वास्थ्यसेवा कार्यालयभित्र विवाद भएमा पनि त्यो चेपुवामा हामीलाई पर्न नहुने उहाँले बताउनुभयो । स्वास्थ्यसेवा कार्यालयका निर्मित प्रमुख टीकाराम जैसीले आफूलाई काम गर्न असहयोग भएको बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसको चित बुझाइसक्ने म त हैरान भएँ”, उहाँले भन्नुभयो ।
–––
Powered By  Orson Infotech

Post navigation

<< पछिल्लाे समाचार

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

अघिल्लाे समाचार >>

बजेट अभावमा रोकिँदै १३ सडक योजना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

नेपालमा पाईने आयोनुनमा आवश्यकता भन्दा तिन गुणा बढी आयोडिन ।

नेपालमा पाईने आयोनुनमा आवश्यकता भन्दा तिन गुणा...

सबैलाई छुने, तर कमैले बुझ्ने पीडा! डिप्रेसन।

सबैलाई छुने, तर कमैले बुझ्ने पीडा! डिप्रेसन।

स्वास्थ्य सचेतना

स्वास्थ्य सचेतना

चिकित्सक विदेशिनु चिन्ताको विषय : राष्ट्रपति पौडेल

चिकित्सक विदेशिनु चिन्ताको विषय : राष्ट्रपति पौडेल

स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, सेवा लिन अब एक महिनामै संभव

स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, सेवा...

स्वास्थ्य बीमा संकटमा

स्वास्थ्य बीमा संकटमा

ताजा

गृहमन्त्री लेखकलाई तुरुन्त बर्खास्त गर्न सांसद कार्कीको माग

गृहमन्त्री लेखकलाई तुरुन्त बर्खास्त गर्न सांसद...

नेपालमा पाईने आयोनुनमा आवश्यकता भन्दा तिन गुणा बढी आयोडिन ।

नेपालमा पाईने आयोनुनमा आवश्यकता भन्दा तिन...

सबैलाई छुने, तर कमैले बुझ्ने पीडा! डिप्रेसन।

सबैलाई छुने, तर कमैले बुझ्ने पीडा!...

कविता नेपालीले आरोहण गरिन् सगरमाथा र ल्होत्से

कविता नेपालीले आरोहण गरिन् सगरमाथा र...

राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने।

राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौँको प्रज्ञा...

अासा बिसीकाे “साईलि के गर्छ कर्मले” बजारमा

अासा बिसीकाे “साईलि के गर्छ कर्मले”...

लाेकप्रिय

“निर्मल तिमल्सिनाको ‘महसुस गर्नुछ’ सार्वजनिक”

“निर्मल तिमल्सिनाको ‘महसुस गर्नुछ’ सार्वजनिक”

समाजसेवी रिता परियारद्वारा मृगौला पीडित शान्ती बिकलाई बीस हजार रुपैयाँ सहयोग

समाजसेवी रिता परियारद्वारा मृगौला पीडित शान्ती...

“प्रथम गण्डकी लोकतारा: पोखरामा आषाढ ७ गते”

“प्रथम गण्डकी लोकतारा: पोखरामा आषाढ ७...

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा भएको अनियमितता र एकलौटी निर्णयप्रति गम्भीर

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा...

केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको मृत्युको छानबिन...

कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख ११ हजार परीक्षार्थी

कक्षा १२ को परीक्षा आजदेखि, पाँच...

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
सम्पादक

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2025 All Rights Reserved. | www.sandarbhatoday.com