sandarbhatoday

१० भदौ २०८३, बुधवार (Aug 26, 2026)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

Sandarbha Today सन्दर्भ टुडे

२०७८ असोज १ शुक्रवार ०४:३९

103 

shares
image
जाजरकोट, १ असोज (रासस) : नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । अहिले अस्पतालमा एमडीसहित १० चिकित्सक कार्यरत रहँदै आएका छन् । दश चिकित्सकको पालो हप्तामा एकपटक आउने गर्दछ । पटक–पटकका विभिन्न रोगबाट ग्रसित सो समस्या हल गर्न ५० शय्याको अस्पताल बनाउनाका साथै सबैको आशा र भरोसाको केन्द्र विन्दुका रूपमा लिन खोजे पनि दैनिक भरोसा गुम्दै गएको छ । भरोसा गुम्दै जाँदा अस्पतालको साख कसरी उठाउने र सबैको पहुँचमा स्वास्थ्यसेवा पु¥याउने भन्नेमा ध्यान जानुको साटो राजनीति गर्ने थलो बन्दा समस्या आएको चिकित्सक भूपेन्द्र मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो ,“आएको बजेटबाट समयमा काम हुँदैन, अधिकांश बजेट फ्रिज भएर जान्छ, सबैले आफ्ना मान्छे भर्ति गर्न खोज्छन्, सुधार गर्न खोज्दा झनै समस्या पार्छन ।” विशेषज्ञ चिकित्सकसहित जिल्लामा सबै खालका उपचारसेवा पाउने मापदण्ड ५० शय्याको अस्पतालको नियम हो । “नियम मात्र भएर के गर्नु, दैनिक बिरामी भएर उपचारका लागि जाने सर्वसाधारण पीडा मात्र पोख्छन्”, भौतिक पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर टकेन्द्र रोकायले भन्नुभयो, “व्यवस्थापन गतिलो नहुँदा उपचारभन्दा सास्ती धेरै भएको छ, छिमेकी जिल्लाको निजीस्तरको चौरजहारी अस्पतालमा गएर उपचार गर्नुपर्छ ।”
स्वास्थ्यसेवा कार्यालय र जिल्ला अस्पताल एकै व्यवस्थापनले काम गर्दा एकले अर्कोलाई नपत्याउँदा टकराब बढेकाले उपचारदेखि अन्य काममा समेत बाधा पुग्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मलीला बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले सुधार गर्नका लागि धेरै काम गरे तर कर्मचारीले नै बढी राजनीति गर्न खोज्दा सधैँ बाधा उत्पन्न भइरह्यो, चिकित्सकले स्वास्थ्यसेवा कार्यालयलाई नटेर्ने, स्वास्थ्यसेवा कार्यालयले अस्पताललाई हातमा लिएर काम गर्न नसक्ने भएकाले समस्या हुँदै गएको छ ।” कुनै काम गरेकी पैसा कहाँबाट आउँछ भन्ने चेतनाबाट अगाडि बढ्दा स्वास्थ्यसेवा कार्यालयको प्रगति हुन नसकेको उहाँले बताउनुभयो । “विकृति र विसङ्गतिको कुरा उठाएर सुधार गर्न खोज्दा फरक आस्था भएकै कारण असहयोग गरे भन्दै कर्मचारी नै उफिन्छन् यहाँ काम गर्न सजिलो छैन”, उहाँले भन्नुभयो । अहिले ५० शय्याको नयाँ भवन निर्माण जारी छ । दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गर्नका लागि भवनको काम जारी छ । ब्लड बैंकका लागि आएको सामग्री प्रयोगमा नआउँदा बन्द कोठाभित्र थक्याइएको छ । एचडी सेवा सञ्चालनका लागि ल्याइएका अधिकांश सामग्री बन्द कोठामा राखिएका छन् । बिरामी भर्ना गर्ने तर उपचारका लागि बाहिर जिल्लामा सिफारिस मात्र गर्ने थलो भएको स्वास्थ्यसेवा कार्यालयलाई आरोप लाग्दै आएको छ ।
हप्ता दिनअघि मात्र ३० लाख आइरन चक्की कानूनी प्रक्रिया पूरानै नगरी स्वास्थ्यसेवा कार्यालयले रातारात जलाएको थियो । अघिल्लो दुई महिनाअघि सो आइरन चक्की पालिकाले माग गर्दा उपलब्ध नगराएको स्वास्थ्यसेवा कार्यालयले हप्ता दिनअघि रातारात आइरनचक्की म्याद गुजारेर जलाउँदा स्थानीय तहका स्वास्थ्य शाखा आक्रोषित भएका छन् । त्यस्तै प्रसूतिगृहका लागि गत चैतमा आएको सामग्री अहिलेसम्म स्थानीय तहमा नपु¥याउदा काम गर्न गाह्रो भएको भन्दै स्वास्थ्यसेवा कार्यालयको काम गर्ने कार्यशैली प्रति तीव्र विरोध हुँदै आएको छ । भेरी नगरपालिकाका स्वास्थ्यशाखाका जनस्वास्थ्य निरीक्षक दीपक ओलीले भन्नुभयो, “बर्थिङ सेन्टरमा चाहिने सामग्री उपलब्ध गराउन धेरै पटक माग गरे पनि बन्द कोठामा चैतदेखि स्टोर गरी राखिएको छ, हामीलाई दिइदैन ।” स्वास्थ्यसेवा कार्यालयभित्र विवाद भएमा पनि त्यो चेपुवामा हामीलाई पर्न नहुने उहाँले बताउनुभयो । स्वास्थ्यसेवा कार्यालयका निर्मित प्रमुख टीकाराम जैसीले आफूलाई काम गर्न असहयोग भएको बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसको चित बुझाइसक्ने म त हैरान भएँ”, उहाँले भन्नुभयो ।
–––
Powered By  Orson Infotech

Post navigation

<< पछिल्लाे समाचार

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

अघिल्लाे समाचार >>

बजेट अभावमा रोकिँदै १३ सडक योजना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

पाँच वर्षमा क्यान्सरका बिरामीको संख्या दोब्बर

पाँच वर्षमा क्यान्सरका बिरामीको संख्या दोब्बर

क्यान्सरपीडित मनबहादुर सुनामलाई कलाकार लक्ष्मण श्रीको १ लाख रुपैयाँ सहयोग, आर्थिक सहयोगका लागि सबैमा अपिल

क्यान्सरपीडित मनबहादुर सुनामलाई कलाकार लक्ष्मण श्रीको १...

७ महिनाका बालक सोरन थापाको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अपिल

७ महिनाका बालक सोरन थापाको उपचारका लागि...

“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस मनाइदै

“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नाराका साथ...

सुर्खेत अस्पतालमा वरिष्ठ युरोलोजिस्ट डा. निर्मल रसालीद्वारा विशेषज्ञ सेवा सुरु

सुर्खेत अस्पतालमा वरिष्ठ युरोलोजिस्ट डा. निर्मल रसालीद्वारा...

आमाको ज्यान बचाइदिन सहयोगको याचना गर्दै गायिका धना परियारको भावुक अपिल

आमाको ज्यान बचाइदिन सहयोगको याचना गर्दै गायिका...

ताजा

दुई नयाँ तीजगीतको भिडियो प्रिमियर सम्पन्न

दुई नयाँ तीजगीतको भिडियो प्रिमियर सम्पन्न

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

पाल्पाली ढाकालाई विश्व ब्राण्ड बनाउने अनुशेषको लक्ष्य

पाल्पाली ढाकालाई विश्व ब्राण्ड बनाउने अनुशेषको...

अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध

अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित,...

आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य गिरावट

आज सुनको मुल्य बढेको छ भने...

“कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कवितासंग्रह सार्वजनिक”

“कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कवितासंग्रह...

लाेकप्रिय

हिमाल जित्ने मानिस, सपना जगाउने मित्र

हिमाल जित्ने मानिस, सपना जगाउने मित्र

४० लाख दर्शकको रोजाइमा ‘फूलै फूलमा भमरा नाचनी’, टिकटकमा ७० लाखभन्दा बढी भिडियो बने

४० लाख दर्शकको रोजाइमा ‘फूलै फूलमा...

नेपाल आयपछि निसा सुनार भेटघाट र गीतसंगीतमा व्यस्त

नेपाल आयपछि निसा सुनार भेटघाट र...

तीजको माहोल तताउँदै हरि गिरी विमर्शीको ‘लभ गरेर नजाऊ’ सार्वजनिक

तीजको माहोल तताउँदै हरि गिरी विमर्शीको...

पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा निर्मल ‘निम्सदाइ’ पुर्जाको हिम पहिरोमा मृत्यु भएको पुष्टि

पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा निर्मल...

तीजको मौलिक स्वाद बोकेर आयो रिना केसीको एकल स्वरमा ‘बारीको अरीमैले

तीजको मौलिक स्वाद बोकेर आयो रिना...

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
निर्देशक
सम्पादक
मार्केटिङ म्यानेजर

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2026 All Rights Reserved. | www.sandarbhatoday.com