जुरि नेपालमा नयाँ नेतृत्व

जुरी–नेपालको आज सम्पन्न सेमी भर्चुअल दशौं वार्षिक साधारण सभाले अधिवक्ता श्यामकुमार विश्वकर्माज्यूको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरिएकाे छ । दुई वर्ष कार्यअवधि रहेको कार्यकारी समितिको उपाध्यक्षमा अधिवक्ता रुकमणी महर्जन, महासचिवमा अधिवक्ता शसी बस्नेत, कोषाध्यक्षमा अधिवक्ता शर्मिला पराजुली र सचिवमा अधिवक्ता गोपी पराजुली निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यकारी सदस्यहरुमा अधिवक्ता आरती विष्ट राणा, अधिवक्ता निराजन थपलिया, अधिवक्ता मोहन शासंकर, श्री ऋषि न्यौपाने, अधिवक्ता उमा जोशी र अधिवक्ता सरजराज थापा निर्वाचित हुनुभएको अधिवक्ता सुन्दर सेनिले बताउनु भयो ।