अन्ततः विश्वासको मत नदेखिएपछि राजीनामा दिने भईन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

काठमाण्डौं कार्तिक १०

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै देखिएपछि उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो ।

उहाँले आज संसदका लागि तोकिएको समय अगावै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको हो ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ ।

उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुन लागेको हो ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि राजीनामा दिएर नयाँ सरकार गठन गर्नका लागि उहाँले बाटो खोलीदिनु भएको हो ।