अदालतबारे मनपरि नबोल्न ओलीलाई प्रधानमन्त्रि देउवाको चेतावनी

काठमाण्डौं कार्तिक १०

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यपक्ति लाई लक्षित गर्दै गैरजिम्मेवार रुपमा यसरि मनपरि अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।

नेपाल तरुण दलको स्थापना दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले भने ‘परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।

परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको प्रधानमन्त्री देउवाको दाबी छ । साथै देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् ।

एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए ।

ओलीले जेठ ६ गते दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

परमादेश जारी गर्ने पाँचजना न्यायाधीशमाथि ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा बचाउमाा उत्रिएका हुन् । मंगलबार काँग्रेस शीर्ष नेताको बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्ने नीति अख्तियार गरेका थिए ।